काठमाडौंका उद्योगी व्यवसायीले भोलि विरोध कार्यक्रम गर्ने
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:४८
shares

काठमाडौं, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महाँसंघ काठमाडौंले शुक्रबार विरोध गर्ने भएको छन् ।
बैंक तथा वित्तीय संस्थाहरु अनियमित रुपमा बदाएको चर्को ब्याजदरका कारण कारण उद्योगी व्यसायीहरुले ब्याज नै परिपुर्ति गर्न नसकेको भन्दै विरोध गर्ने भएका हुन् । महासंघका उपाध्यक्ष समेत रहेका काठमाडौं अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा शुक्रबार बिरोध कार्यक्रम आयोजना गरिएको हो ।
बैंक वित्त तथा सरकारी नियामक निकायहरुलाई बेलैमा सचेत गराएर यो समस्या हल गर्ने बाटो खोज्ने कुरामा ध्यान पुर्याउनका लागि विरोध गरिएको हो ।
विरोध भोलि अर्थात कात्तिक १८ गते, शुक्रबार माइतीमण्डलामा बिहानको ११ बजेबाट १२ बजेसम्म मोैन रहेर गरिने जनाइएको छ ।

















