Dhulikhel Eco Banner new

सीबिआईएल क्यापिटलको सीईओमा सबिर बादे नियुक्त

5.28K
shares

काठमाडौं, १७ कात्तिक । सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । यसअघि उनी मेगा क्यापिटलको सीईओ थिए ।

वित्तीय क्षेत्रमा डेढ दशक बढीको अनुभव हासिल गरेका उनी एनआईबिएल् क्यापिटल मार्केट्समा सन् २०१३ देखि २०१५ सम्म उच्च व्यवस्थापन तहमा कार्यरत थिए ।