Dhulikhel Eco Banner new

राष्ट्रिय स्वतन्त्र पाटीको घोषणा : नेपालमा दोस्रो स्टक मार्केट स्थापना गरिने

5.95K
shares

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नेपालमा दोस्रो स्टक मार्केट स्थापना गरिने
वाचा गरेको छ । बिहीबार आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले नेपालमा दोस्रो स्टक मार्केट स्थापना गरिने प्रस्ताव अघि सारेको हो ।

चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । त्यसैले पनि चुनावी घोषणापत्रमा पार्टीले चितवनलाई विशेष प्राथमिकताका साथ राखेको देखिन्छ ।
वाचापत्रमा भनिएको छ, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्न चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति,ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिन्छ ।’

त्यसका लागि जोनिङ पद्धतिमार्फत चितवन सहरी योजनाको सुरुवात गरिने रास्वपाले जनाएको छ । त्यस्तै २५० मेगावाटको सोर्य ऊर्जा प्लान्ट स्थापना गरिने, वार्षिक एसिया व्यवसाय कन्फरेन्स गरिने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने रास्वपाले जनाएको छ ।