Dhulikhel Eco Banner new

इङ्ग्लिस प्रिमियर लिग फुटबल : आर्सनलको महत्वपूर्ण जित

4.19K
shares

काठमाडौं, २० कात्तिक । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले महत्वपूर्ण जित दर्ता गराएको छ । आइतबार भएको खेलमा आर्सनलले बलियो टोली चेल्सीलाई १–० गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा ग्याब्रियल जिससले निर्णायक गोल गरे । उनले खेलेको ६३ औँ मिनेटमा गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा जिससले गरेको गोल आर्सनलाई तीन अंक दिलाउन प्रयाप्त बन्यो । यो जितसँगै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलमा ३४ अंक छ । चेल्सी भने १३ खेलमा २१ अंक सहित सातौँ स्थानमा रहेको छ ।