Dhulikhel Eco Banner new

किवानिज ईन्टरनेशनल नेपालको मिडिया संयोजकमा मुकुन्द ढुंगाना

6.27K
shares

काठमाडौं, २१ कात्तिक । किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२२–२३ का लागी मिडिया संयोजकमा किवानिज क्लब अफ युनिक नेपालका चार्टर प्रेसिडेन्ट मुकुन्द ढुंगाना चयन भएका छन ।
ढुंगानाले वर्ष २०२२–२३ का लागी मिडिया संयोजकको कार्यभार समाल्ने किवानिज नेपालको गर्भनर लक्ष्मण लम्सालले जानकारी दिए ।

शनिवार आयोजित कार्यक्रममा बोल्दै किवानिज नेपालको गर्भनर लक्ष्मण लम्सालले आफ्नो कार्यकालमा किवानिज नेपाललाई विश्वमै परिचित बनाउने वताए ।

लम्सालले भने जुनसुकै क्षेत्रमा मिडियाको महत्वपूर्ण भूमिका हुने हुदा बरिष्ठ पत्रकार मुकुन्द ढुंगानालाई वर्ष २०२२–२३ का लागी मिडिया संयोजकमा नियुक्ति गरिएको जानकारी दिए ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

नेपालमा भने सन् २०१६ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।