Dhulikhel Eco Banner new

एनआईसी एशिया लघुवित्तको नाफामा ६८ प्रतिशतको गिरावट

3.87K
shares

काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा भारी मात्रामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६८.१८ प्रतिशतले गिरावट आएको हो ।

गत आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा २० कारेड ६७ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ५७ लाख रुपैयाँ मात्रै नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका सूचक घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.९० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७०.०६ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.४१ प्रतिशत र सञ्चालन मुनाफा ६८.१७ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी समेत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३१ रुपैयाँ ३ पैसा घटेर १५ रुपैयाँ १३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।