Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

4.71K
shares

काठमाडौं, २८ कात्तिक । सिक्लेस हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले ८५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब कम्पनीको शेयर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पहिलो कारोबारको लागि नेप्सेले ११६ दशमलव ८६ देखि ३५० दशमलव ५८ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ८ लाख ५० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ११ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६५ लाख कित्ता गरेर कुल ८५ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एसआईकेएलईएस रहेको छ । साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा बिओके क्यापिट मार्केट लिमिटेड नक्सालबाट हुनेछ ।