Dhulikhel Eco Banner new

मादक पदार्थ सेवन गरेका मतदान अधिकृत जिम्मेवारीबाट बर्खास्त

4K
shares

काठमाडौं, १ मंसिर । नवलपरासी पश्चिममा एकजना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मादक पदार्थ सेवन गरी आचरण विपरीत कार्य गरेको भन्दै जिम्मेवारीबाट बर्खास्त गरिएको हो ।

जिल्लाको बकमणी माध्यमिक विद्यालय सुनवल (ख) केन्द्रमा जिम्मेवारी पाएका मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । उनको नाम भने गोप्पे राखिएको छ । सो मतदान केन्द्रमा अर्को मतदान अधिकृतलाई जिम्मेवारी दिइएको पोखरेलले बताए । हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका रहेका सम्पुर्ण सुरक्षा निकायलाई निर्देशन दिइसकेको पनि प्रजिअ पोखरेलले बताए । जिल्लामा २८७ वटा मतदान केन्द्र रहेका छन् ।