Dhulikhel Eco Banner new

आइएमई पेको हवाई यात्रा अफर

4.1K
shares

काठमाडौं, २ मंसिर । आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले १ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको हो ।

अफर कार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।