Dhulikhel Eco Banner new

युएईद्धारा नेपालसामु १७७ रनको लक्ष्य प्रस्तुत

5.04K
shares

काठमाडौं, २ मंसिर । नेपाल भ्रमण रहेको युएई विरुद्धको अन्तिम तथा निर्णाय एकदिवसिए क्रिकेटमा नेपालसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टर हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारीत ओभारमा ९ विकेट गुमाएर १७६ रन बनाएको हो ।

उसका लागि आठौँ नम्बरमा आएका आयान अफजल खान उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ५४ रनको योगदान दिए । त्यस्तै अलिशान शराफुले सर्वाधीक ३३ रनको योगदान दिए । त्यस्तै रोहन मुस्तफाले २४ रनको पारी खेले । ९३ रनमा ९ विकेट गुमाएको युएईले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरेको थियो । त्यस्तै अन्तिम नम्बरका खेलाडी हजरत बिलाल पनि २० रनको महत्वपूर्ण योगदान दिए ।

युएईलाई सस्तैमा रोक्नेक्रममा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुसल भुर्तेलले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजबंशीले १–१ विकेट लिए ।