Dhulikhel Eco Banner new

निर्जीवन बीमा कम्पनीको लगानी ५४ अर्ब नाघ्यो

4.88K
shares

काठमाडौं, २ मंसिर । निर्जीवन बीमा कम्पनीहरुको लागनी ५४ अर्ब बढी पुगेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म ५४ अर्ब २० करोड १९ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कपम्नीको कुल लगानीको ८१.०६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गरेका छन् । १९ निर्जीवन बीमा कम्पनीहरुले असोज समान्तसम्म ४३ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ लगानी नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र पाएका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

कम्पनीहरूले यस अवधिमा क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३७ अर्ब ३४ करोड ५९ लाख रूपैयाँ ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ र ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९४ करोड ३३ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब ५६ करोड ३९ लाख रूपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र १ अर्ब ७३ करोड ४२ लाख रूपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ३० करोड ६९ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।