Dhulikhel Eco Banner new

एनसीसी बैंकको साधारणसभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

5.68K
shares

काठमाडौं, २ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सभा आज नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भई सम्पन्न भएको छ ।

सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी  ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ

आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई  १४१ अर्ब ५० करोड पुगेकोेछ । त्यसै गरी बैंकले  १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।