Dhulikhel Eco Banner new

भेलु बाजेको विषयमा सूर्य थापालाई निर्वाचन आयोगको स्पष्टीकरण

5.24K
shares

काठमाडौं, २ मंसिर । नेकपा एमालेको तर्फबाट प्यूठानको प्रतिनिधि सभा उम्मेदवार हरेका सूर्य थापलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । भेलु बाजेका नामले चिनिएको मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएको निर्वाचन प्रचारप्रसारमा सहभागि गराएको विषयलाई लिएर आयोगले थापालाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो?’ स्पष्टीकरणमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected]  मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । उनको त्यो भिडियो सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमा भाइरल भइरहेको छ ।