Dhulikhel Eco Banner new

उकेराका सम्पादकलाई आएको धम्कीप्रति महासंघको आपत्ति

20.59K
shares

काठमाडौं, २ मंसिर । उकेरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सो अनलाइनका सम्पादक केपी ढुंगानालाई गालीगलौज गर्ने तथा धम्काउने कार्य भएको भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिले आपत्ति जनाएको छ । उकेरा डटकममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले कुनै समय अमेरिकी नागरिक रहेको र उनले अमेरिकी नागरिकता त्यागे पश्चात पुनः प्रक्रिया पुरा गरेर नेपाली नागरिकता लिनुपर्ने कानूनी व्यवस्था भए पनि सो प्रक्रिया पुरा नगरेको समाचार प्रकाशन भएको थियो । सो समाचारको विषयलाई लिएर ढुंगानालाई हतोत्साहीत बनाउने गरी गालीगलौज गरिएको भन्दै समितिका महासचिव रोयल आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै त्यसको निन्दा गरेका छन् ।

‘कुनै एक व्यक्ति वा कुनै राजनीतिक दलको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वंयमले स्वीकार गरिसकेको विषयमा यस्तो हुुनु दुखद हो ।’ समाचारका विषयमा चित्त नबुझे कानूनी उपचार खोज्ने बाटो हुँदाहुँदै सामाजिक सञ्जालको दुरुपयोग गरी पत्रकार धम्काइएको भन्दै महासंघले यस्ता कार्य तत्कालै रोक्न आग्रह गरेको छ ।