अर्धशतक मतसहित झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १८:३८
4.76K
shares
shares
फाइल फोटो
काठमाडौं, ७ मंसिर । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अर्धशत मत सहित विजयी भएका छन् । उनले ५२ हजार ३१५ मत सहित विजय हासिल गरेका हुन् ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८ हजार ५७४ मतले पछि पारेका हुन् । ओलीले ५२ हजार ३१५ मत प्रापत गर्दा गठबन्धनका उम्मेदवार अधिकारीले २३ हजार ७४१ मत पाएका छन् ।















