नवलपरासी २ मा राप्रपाका प्रधान विजयी
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०९:०८
4.04K
shares
shares

काठमाडौं,९ मंसिर । । नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।















