Dhulikhel Eco Banner new

युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा

5.02K
shares

काठमाडौं, ९ मंसिर । युनाइटेड इदी मर्दी एण्ड आर.बि हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले मङ्सिर २८ गते बुधबार साधारणसभा आह्वान गरेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।