पश्चिम रुकुमबाट अर्थमन्त्री जनार्दन शर्मा विजयी
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०९:४१
5.14K
shares
shares

काठमाडौं, ९ मंसिर । पश्चिम रुकुमबाट प्रतिनिधिसभाको सदस्यमा नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर निर्वाचित भएका हुन्।
शर्माले ३९ हजार ५४९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन्। शर्माले २६ हजार ५८८ बढी मतले विजयी भएका हुन्।















