Dhulikhel Eco Banner new

महोत्तरी २ मा शरदसिंह भण्डारी विजयी

8.27K
shares

काठमाडौं, ९ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी विजयी भएका छन् । उनले तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए । यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाए । यो सहित भण्डारी ६ पटक चुनाव जित्न सफल भएका छन् ।