Dhulikhel Eco Banner new

सेञ्चुरी कमर्सियल बैंकको कारोबार फुकुवा

4.93K
shares

काठमाडौं, ११ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने   गरी निर्देशका जारी गरेपछि यो कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका हो ।

सोही अनुसार कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ । यस सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति सम्झौता गरेसँगै साउन १६ गते शेयर कारोबार रोक्का थियो ।