Dhulikhel Eco Banner new

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

8.54K
shares

काठमाडौं, १७ मंसिर । बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् ।

व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् । अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए ।

बोगटीसँग हाल ७० भेडा रहेका छन् । बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । उनिहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए । चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनिहरु बताउछन् ।

बूढीनन्दा–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, “भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।” थापासँग हाल ६० भेडा छन् । उनि एक छोरा र श्रीमतीसहित सँगै बस्दै आएका छन् ।