Dhulikhel Eco Banner new

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित

4.1K
shares

काठमाडौं, १८ मंसिर । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गरेका हुन ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जित्नु भएको हो । उनि विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।