Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

4.12K
shares

काठमाडौं, १८ मंसिर । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव १६ अंकले बढेको छ । आइतबार नेप्से परिसुचक शुन्य दशमलव १६ प्रतिशतले बढेर १९६२ दशमलव २२ को विन्दुमा पुगेको छ ।

आज दिनभर भएका २६ हजार १ सय ५० कारोबारबाट २४३ क्मपनीका ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ५६ करोड १७ लाख २ हजार ९सय ९२ पुगेको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।