Dhulikhel Eco Banner new

साढे तीन सय किलो गाँजासहित ट्रक नियन्त्रण

4.89K
shares

काठमाडौं, २७ मंसिर । पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीले करिब तीन सय ६३ केजी गाँजा र सो गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना४ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडेर फरार भएका थिए । बरामद गाँजा तथा ट्रक आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।