छात्रालाई झोला र स्टेशनरी
वि.सं.२०७९ मंसिर २७ मंगलवार १४:१६
shares

काठमाडौं, २७ मंसिर । सप्तरीको बोदेबर्साइन नगरपालिकामा विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेका किशोरी अहिले औपचारिक शिक्षाका लागि नियमित विद्यालय जान थालेका छन् ।
विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाले विशेष पहल गरेपछि किशोरीहरु विद्यालय जान थालेका हुन् ।
नगरपालिकाले किशोरीलाई विद्यालय जाँदा पुस्तक, झोला र स्टेशनरी प्रदान गरेपछि उनीहरु नियमित विद्यालय जान थालेका हुन् । बोदेवरसाइन नगरपालिका–३ की कुशमाहारकी १४ वर्षीया काजलकुमारीले किशोरी शिक्षा कार्यक्रम बरदान नै सावित भएको बताउछिन्।
अहिले कक्षा पाँचमा अध्ययनरत किशोरी काजलकुमारीले भनिन्, “अहिले नगरपालिकाले विद्यालय पढ्न जान हामी किशोरीलाई झोला र कपीकलम उपलब्ध गराएपछि विद्यालय जान हौसला बढेको छ ।”
विद्यालयमा राम्रोसँग पढेर आफू जस्तै पढ्नबाट वञ्चित किशोरीलाई विद्यालयको पहुँचमा पु¥याउन भविष्यमा सहयोग गर्ने काजल बताउछिन् ।

















