Dhulikhel Eco Banner new

मंसिर महिनामा ५८ अर्बले बढ्यो निक्षेप संकलन, कर्जा प्रवाह न्यून

4.85K
shares

काठमाडौं, ३ पुस । मंसिर महिनामा बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप संकलन थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा कात्तिकको तुलनामा ५८ अर्बले बढेर निक्षेप संकलन ४६ खर्ब २१ अर्ब पुगेको हो ।

कात्तिक महिनाको अन्तिम दिनसम्म बैंकमा ४५ खर्ब ६३ अर्बको निक्षेप संकलन रहेको थियो । मंसिर महिनामा हरेक हप्ताजस्तो बढेको निक्षेप संकलन पछिल्लो हप्तामा मात्रै २३ अर्बले बढेको छ । मंसिरको तेस्रो साता ४५ खर्ब ९८ अर्ब रुपैयाँ बैंकमा निक्षेपका रुपमा रहेको थियो ।

मंसिर महिनामा बैंकहरुको कर्जा प्रवाह भने निकै न्यून रहेको छ । मंसिर महिनामा जम्मा २ अर्बको कर्जा प्रवाह भएको देखिएको छ । कात्तिक मसान्तमा बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेको थियो भने मंसिर मसान्तमा आइपुग्दा २ अर्बले बढेर ४२ खर्ब २४ अर्ब पुगेको छ । बैंकहरुको अघिल्लो हप्ता पनि बैंकको कर्जा प्रवाह ४२ खर्ब २४ अर्ब नै रहेको थियो ।