Dhulikhel Eco Banner new

‘महासंघको अबको नेतृत्वले व्यवसायीलाई समेट्नु पर्छ’

5.82K
shares

काठमाडौं, १२ पुस । नेपाल उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायीका पक्षमा काम गर्न सक्नु पर्ने बताएका छन् । मंगलबार दाङको तुलसीपुरमा आयोजना गरिएको शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले अबको नेतृत्वले अहिले देखिएका समस्या समाधानका लागि काम गर्नु पर्ने बताएका हुन् ।

हालसम्म महासंघको नेतृत्वमा गएका सबैले आफ्नो स्वार्थ मात्र हेरेको भन्दै अबको नेतृत्वले सबै व्यसायीको हकहितमा ध्यान दिनु पर्ने बताएका हुन् । यसका साथै जिल्ला नगरका व्यवसायीहरुलाई वेवास्था गर्ने परिपार्टी महासंघमा रहेको भन्दै त्यसको अन्त्य हुन जरुरी रहेको उनको भनाइ थियो । ‘अबको नेतृत्वमा जो कोही पुगेपनि सबै व्यवसायीहरुलाई समेटनु पर्छ, जसबाट व्यवसायीको हकहितको संरक्षण होस्,’ उनले भने ।

अहिलेका बहालवाला अध्यक्षबाट व्यवसायीले धेरै आश गरेका र आश गरेको अनुसार काम नभएको उनको गुनासो थियो । ‘शेखर गोल्छा व्यवसायीक घरानाबाट नै आएका व्यक्ति र उनले व्यवसायीका समस्याहरु बुझेका छन् भनेर हामीले धेरै आश गरेका थियौ तर केही प्रतिफल पाइएन,’ उनले भने ।

अध्यक्षले आफ्नो कार्यकालमा एउटा पुस्तक विमोचन बाहेक व्यवसायीका लागि केही काम नगरेका उनको आरोप थियो । व्यवसायीका हितका लागि काम गर्छु भनेर आएपछि व्यवसायीहरुकै लागि काम गनुपर्ने उनको धारण थियो । अब आउने नेतृत्वले यस्ता विषयबाट सिकेर अगाडी बढ्नु पर्ने उनको भनाइ थियो ।