Dhulikhel Eco Banner new

महिला सशक्तिकरणमा– महालक्ष्मी लाइफ अन्तर्गत मिथिला रिजनमा कार्यक्रम सम्पन्न

4.52K
shares

काठमाडौं, २७ पुस । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको महिला सशक्तिकरनमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्यक्रम अन्तर्गत विभिन्न मिथिला रिजनमा कार्यक्रम सम्पन्न भएको छ । विभिन्न तीन वटा शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । इन्स्योरेन्सको बर्दिबास, लाहान र जनकपुर शाखाको संयुक्त कार्यक्रमको आयोजना गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको भएको हो । त्यस्तै कम्पनिकै मार्केटिङ हेड प्रशान्त राज धमला कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए ।

महिलाको आय श्रोतको बारेमा र महिला शशक्तिकरनमा महालक्ष्मी लाइफ विशेषमा छलफल गरिएको थियो । कार्यक्रममा मिथिला रिजनका उप प्रमुख लाल बहादुर थापा मगर लगायत ३ वटै शाखाका प्रमुखको उपस्तिथि रहेको थियो । कार्यक्रममा १०० जनाभन्दा बढीको सहभागिता रहेको बर्दिबास शाखाका प्रमुख रमेश्वर महतोले जानकारी दिए ।