Dhulikhel Eco Banner new

बेकोका उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

4.73K
shares

काठमाडौं, २७ पुस । चौधरी ग्रुपले गत बर्ष देखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको ट्प होम अप्लायन्स ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी  ग्राहकहरुलाई धुक्क हुन आह्वान गरेको छ ।

चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा बितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ ।

कम्पनीले नेपाल अधिराज्यभरिका आफ्ना ४० भन्द बढी सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिईरहेको छ । बेकोका उत्पादनहरुमा १२ बर्ष सम्मको पार्ट्स वारेन्टी रहेको छ ।

र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै “वेलकम विन्टर“ नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ ।

जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा रु.४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ । उक्त योजना मङ्सिर १५, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।