Dhulikhel Eco Banner new

मर्जरबाट ७/८ बैंक कायम हुन्छन : अध्यक्ष पाँडे

5.93K
shares

काठमाडौं, २७ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे मर्जरबाट बैंकको संख्या ७/८ वटामा कायम रहेने बताएका छन् । इन्भेष्टमेन्ट र मेगा बैैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष पाँडेले यो पहिलो चरणको मर्ज कार्यक्रम सञ्चालन भइरहेको र दोस्रो चरणमा मर्जर हुँदा बैंकको संख्या ७ देखि ८ वटा मात्रै कायम हुने बताएका हुन् ।

आफूले तत्कालीन गर्भरन चिरञ्जीवी नेपाललाई आफूले नै मर्जरका लागि सुझाब दिएको स्मरण गर्दै अध्यक्ष पाँडेले ३२ वटा बैंक नेपालका लागि धेरै भएको बताएका थिए । ‘गर्भनरले मलाई बैंक धेरै भए अब के गर्ने भनेर सोध्नु भएको थियो मैले भगर्नर साहेव ३२ वटा बैंक धेरै भए मर्ज गरौँ भने,’ उनले भने । दुई बैंकको अनुभवले बैंक सफल हुने पनि दावी गरे ।

त्यस्तै अध्यक्ष पाँडेले अब प्रविधिमा लगानी बढाउन आवश्यक रहेको पनि बताए । अब नयाँ क्षेत्रमा लगानी गर्नुको विकल्प नरहेको उनको भनाइ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड बनेको छ । त्यस्तै कुल पुँजी ५८ अर्बभन्दा बढी, कुल सम्पति ४ खर्ब ७१ खर्ब, कुल निक्षेप ३६०.२ अर्ब र ३२९.०६ अर्ब कर्जा लगानी कायम रहेन बैंकको ग्राहक संख्या ३० लाख रहेने छ ।

दुई बैंक बीच १००ः९० को रेसियोमा मर्जर भएको हो । काठमाडौंमा भएको कार्यक्रममा इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । ‘समृद्धिको पथमा सँगै बद्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरिएको छ ।

एकीकृत बैंकका अध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनिएका छन् । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पाँडेलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।