एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ माघ ९ सोमवार १५:३७
5.02K
shares
shares

काठमाडौं, ९ माघ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सोमवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख ७९ हजार २३ दशमलव ३१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत साउन ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ८ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

















