Dhulikhel Eco Banner new

शेयर बजार घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

5.16K
shares

काठमाडौं, १५ माघ । पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १४ दशमलव ६८ घटेको छ । नेप्से परिसुचक शुन्य दशमलव ६७ प्रतिशतले घटेर २१६८ दशमलव ५३ को विन्दुमा पुगेको छ ।

आज दिनभर भएका ५१ हजार ९ सय ७३ कारोबारबाट २६७ कम्पनीका ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब १ करोड ७६ लाख ६३ हजार ९ सय ५६ पुगेको छ ।

आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१६ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।