युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन
वि.सं.२०७९ माघ १५ आइतवार १७:२१
shares

काठमाडौं, १५ माघ । नेपाल स्टक एक्सचेन्जले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
कम्पनीको ८ दशमलव ९७ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू। ४७८ दशमलव ११ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ५२१ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ ।
















