Dhulikhel Eco Banner new

शेयर बजार झिनो सुधार, कारोबार भने घट्यो

16.39K
shares

काठमाडौं, १८ माघ । बुधबार दिन नेप्से परिसुचक ४ दशमलव ९७ अंकले उकालो लागेको छ । हिजो १५ अंकले ओरालो लागेको नेप्से परिसुचक आज भने झिनो अंकले बडेको हो ।

आज नेप्से परिसुचक शुन्य दशमलव २४ प्रतिशतले बढेर २११६ दशमलव ६५ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ५३ अंकले बढेको छ । आज दिनभर भएका ३६ हजार ८ सय ७९ कारोबारबाट २६१ कम्पनीका ५० लाख २४ हजार ३ सय ८१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ पुगेको छ ।