Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तको साधारणसभा फागुन २४ गते, के-के छन् प्रस्ताव ?

4.28K
shares

काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते साधारणसभा बोलाएको छ । फागुन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बेस्ट रिसोर्ट नेपाल प्रालि, लेकसाइट, पोखरामा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

आगामी दिनमा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।