Dhulikhel Eco Banner new

सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

4.88K
shares

काठमाडौं, ५ फागुन । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेद दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा यसअघि माघ २६ गतेसम्म विक्री अवधि तोकेकोमा फागुन ५ गतेसम्मको अवधि थप गरेको थियो। कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने माघ १९ गतेसम्म ४ लाख ३६ हजार ८०० कित्ता शेयर विक्री गरिएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल सी–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।