Dhulikhel Eco Banner new

मनकामना दर्शन प्रालिद्धारा शहिद लखन गाउँपालिकालाई ट्याक्टर र ट्रेलर प्रदान

4.62K
shares

काठमाडौं, ८ फागुन । मनकामना दर्शन प्रालिले गोरखाको शहिद लखन गाउँपालिकालाई ट्याक्टर र हाइड्रोलिक ट्रेलर उपलब्ध गराएको छ । मनकामना दर्शन प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपलिका वडा नम्बर २ र ३ को फोहोर व्यवस्थानको लागि एउटा ट्याक्टर र एउटा ट्रेलर प्रदान गरेको हो ।

सोमबार कुरिनटारमा रहेको अग्नी इनकार्पोरेट प्रालिको कार्यालयमा १ थान महिन्द्र 4 wd JIVO 245 DI ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरिएको हो । कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई सामग्री हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेमा कम्पनीको विश्वास छ ।