Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्तको आईपीओ खुलो

4K
shares

काठमाडौं, १८ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ । लघुवित्तले प्रतिशेयर १०० अंकित मूल्यका ८० हजार ९५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ । लघुवित्तले खुला गरेको आईपीओमध्ये १० प्रतिशत अर्थात् ९ हाजर ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्काशन गरी बाँडफाँड गरिएको छ । ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई, ५ प्रतिशत अर्थात ४ हजार ८५० कित्ता सामूहिक लगानी सुरक्षित राखि बाँकी ८० हजार ९५० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन खुला गर्ने भएको छ ।

आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले रहेको छ ।