Dhulikhel Eco Banner new

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

4.19K
shares

काठमाडौं, १८ फागुन । आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ डिप्रोक्स लघुवित्तले भोली अर्थात फागुन १९ गते बुकक्लोज हुदैछ भने सपोर्ट लघुवित्तले फागुन २१ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९म्म्द्यी० ले फागुन ३० गते होटल सेभेन स्टार प्रा।लि।, सौराहा, चितवनमा बिहान ११ बजे एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यसका साथै सभाले १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ९क्ःद्य० ले भने चैत ४ गते दुर्गा पार्टी प्यालेश, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बानेस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट दुई जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।