युएई विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
वि.सं.२०७९ फागुन १८ बिहीवार १२:३१
shares

काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपाली टोलिले घरेलु टोलिलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सुरुवाती ११ मा परेका छन् । बुधबार श्याम ढकाललाई प्रतिस्थापन गर्न यूएई पुगेका सन्दीपले युएई विरुद्ध सुरुवाती ११ मा स्थान बनाउन सफल भएका हुन् । तालिकाको ६ औँ स्थानमा रहेको नेपाल आजको खेलमा जित हासिल गरेको खण्डमा युएइलाई पछि पार्दै पाँचौ स्थानमा उक्लने छ । याे समाचार तयार पार्दासम्म युएइले १ विकेट गुमाएर २१ रन बनाएकाे छ ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामछिाने, करण केसी र गुल्सन झा ।















