बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ फागुन १८ बिहीवार १२:१६
3.98K
shares
shares

काठमाडौँ, १८ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सयले बढेको छ ।
अधिल्लो दिन प्रतितोला १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ६ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय छ ।
यसको मूल्य अघिल्लो दिन १ लाख १ हजार ८ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।
















