पद्यमकन्या क्याम्पसमा अनेरास्ववियुले मनायो होली
वि.सं.२०७९ फागुन १८ बिहीवार ११:४९
shares

काठमाण्डौ १८ फागुन । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले पद्यमकन्या बहुमुखी क्याम्पसका होली पर्व मनाएको छ ।
बिहीबार बागबजारस्थित क्याम्पस परिसरमा अनेरास्ववियुको आयोजनामा होली मनाइएको हो ।
विद्यार्थीहरुबीच एक आपसमा रंग दलेर रमाइलो गरिएको थियो ।
कार्यक्रममा संवोधन गर्दै अनेरास्ववियू क्याम्पस कमिटीकी पूर्व अध्यक्ष संगिता रेग्मीले रंगहरुले साथीभाइहरुबीच मिठासपूर्ण सम्बन्ध विस्तार गर्ने बताइन् ।
आगामी स्ववियू निर्वाचनका लागि सभापति उम्मेदवार समेत रहेकी रेग्मीले भनिन्, ‘जसरी विभिन्न रंगहरुले मिठासपुर्ण अनुभूति दिन्छ त्यसरी नै यस रंगको पर्वले साथीभाइबीचको सम्बन्धमा पनि मिठास पुर्ण सम्बन्धको विस्तार गरिदनेछ ।’

उनले विद्यार्थीहरुबीच एक आपसमा सम्बन्ध विस्तार र परिचय होस् भनेर पनि होली कार्यक्रम आयोजना गरेको बताइन् । होलिमा आफूहरुले रंग उडाउने र गित बजाएर नाच्ने काम मात्र नगरेको भन्दै उनले विद्यार्थीहरुको विवरण लिने र आवश्यकता अनुसारको सहयोग गर्ने बताइन् ।
बिहीबार अनेरास्ववियुले विद्यार्थीहरुले होलीको टिसर्ट पनि वितरण गरेको थियो । रेग्मीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर आयोजना हुने बताइन् ।
















