Dhulikhel Eco Banner new

प्रधानमन्त्री प्रचण्डले मतदान गरे

4.36K
shares

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । आज शुक्रबार संसद् भवनमा पुगेर प्रधानमन्त्री दाहालले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिमा तीन जना उम्मेदवार रहेका छन् । एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।