Dhulikhel Eco Banner new

शेयर बजारमा १८ अंकको गिरावट

6.84K
shares

काठमाडौं, ९ चैत । शेयर बजारमा बिहीबार १८ अंकभन्दा बढीको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचकमा १८ दशमलव १५ अंकको गिरावट आएको हो ।

पछिल्लो समय लगातार रुपमा ओरोलो लागेको शेयर बजार अघिल्लो दिनको भन्दा ०.९४ प्रतिशतले घटेर १९१५ दशमलव १४ अंकमा झरेको छ । बिहीबार शेयर बजारमा सबै समूहको शेयर ओरोलो लागेको छ । बिहीबार जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयरमा उच्च अंकको गिरावट आएको छ ।

बिहीबार २५९ वटा कम्पनीका ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेचबाट १ अर्ब ४१ करोड ३१ लाख ७२ लाख ८०२ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै बिहीबार क वर्गको मापक सेन्सेटिभ इन्डेक्स पनि आरोलो लागेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंकले घटेर ३६१ दशमवल ०१ विन्दुमा पुगेको छ ।