Dhulikhel Eco Banner new

शिखर इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

3.11K
shares

काठमाडौं, १२ चैत । शिखर इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर वितरण गरेको थियो । सुचिकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउने छन् ।