चार लघुवित्तको शेयरमा नकारात्मक सर्किट
वि.सं.२०७९ चैत १२ आइतवार १८:०६
shares

काठमाडौं, १२ चैत । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएकोा छ । आइतबार २८ दशमलव ८७ अंकले शेयर बजार घटेको हो । यो दिन शेयर बजार ओरोलो लाग्दा ४ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नकारात्मक सर्किट लाग्नेमा सबै कम्पनी लघुवित्त कम्पनी हुन । आइतबार नकारात्मक सर्किट लाग्ने लघुवित्तमा जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक्यु नेपाल लघुवित्त र महिला लघुवित्त रहेका छन् । यी कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।
जीवन विकास लघुवित्तको शेयर मूल्य आइतबार १७० रुपैयाँले घटेको छ । त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा २२८ रुपैयाँले कमी आएको छ । त्यस्तै युनिक्यु नेपाल लघुवित्तको शेयर मूल्यमा १८० रुपैयाँ र महिला लघुवित्तको शेयर मूल्यमा २०१ रुपैयाँले कमी आएको छ । आइतबार शेयर बजार २६ दशमलव ८७ अंकले घटेर १८८८ दशमलव २७ को विन्दुमा कारोबार बन्द भएको छ ।



















