Dhulikhel Eco Banner new

नेपाली राष्ट्रिय खेलाडीको तलब वृद्धि गर्न सांसद शाहीको माग 

3.48K
shares

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय खेलाडीको तलब वृद्धि गर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मन्त्री र सांसदको तलब कटौती गरेर भए पनि खेलाडीको तलब वृद्धि गर्न शाहीले माग गरेका छन् ।

देशलाई विश्वमा चिनाउने खेलाडीले नै हो भन्दै राष्ट्रिय टिमका कप्तान समेतले खेल छोडेर विदेशिनु परेको, विद्यार्थीले खाडीमा भेटौँला भन्न पर्ने अवस्था आएको उनको टिप्पणी छ ।

‘खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट अर्थात् ०.१३ प्रतिशत बजेट छुट्टाइएको छ । यो बजेट यसो हेर्दा खेरि मन्त्री ज्यूका स्वकीय सचिव भन्दा पनि कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरू खेलिरहेका छन् । म भन्न चाहन्छु, हामी सबै सांसद मन्त्रीहरूको तलब कटौती गरेर खेलाडीहरूको तलबमा वृद्धि गरियोस् ।’ उनले भने

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका राम्रा खेलाडी सुजल श्रेष्ठ फुटबल छोडेर केही समय पहिला मात्रै अस्ट्रेलिया गएका थिए । उनी जस्तै अन्य खेलाडी पनि नेपालमा पारिश्रमिक, सेवा सुविधा, राजनैतिक खिचातानी लगायतका कारण देखाउँदै विदेशिएका छन् ।