Dhulikhel Eco Banner new

हिमालयन बैंकका सञ्चालक थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त

5.14K
shares

काठमाडौं, १६ चैत । हिमालयन बैंकका सञ्चालक सुनिल बहादुर थापा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

हाल हिमालयन बैंकका सञ्चालक रहेका थापा हिमालयन र सिभिल मर्ज हुनु अघि मर्जर समितिमा रहेर समेत काम गरेका थिए । पूर्वमन्त्री समेत रहेका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।