Dhulikhel Eco Banner new

‘गलैँचा उत्पादनलाई प्रोत्साहन गरे विदेशी मुद्रा अभाव कम गर्न सकिन्छ’

7.27K
shares

काठमाडौं, १७ चैत । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको नवनिर्वाचित तृतीय उपाध्यक्ष दावा शेर्पाले गलैँचा उद्योगलाई प्रात्साहन गर्नु पर्ने बताएका छन् । संघको ५ औँ साधारणसभा तथा दोस्रो अधिवेशनपछि उपाध्यक्ष शेर्पाले अहिले देखिएको विदेशी मुद्राकाे अभावलाई गलैँचा निर्यातबाट पूर्ती गर्न सकिने बताएका हुन् ।

राज्यले सहि नीति लिएको खण्डमा विदेशी मुद्रा आर्जनका लागि गलैँचा उद्योग उपयुक्त माध्यम बन्न सक्ने उनको भनाइ छ । वस्तु निर्यात गरे वापत पाइने ८ प्रतिशत नगद अनुदान हालसम्म सहज तरिकाले पाउन नसकेको हुँदा यसको बिना झन्झटिलो प्रकिया कायन्वयन गर्नु पर्ने तृतीय उपाध्यक्ष दावा शेर्पाको भनाइ छ । गलैँचा क्षेत्रको विकासको लागि कामदार र दक्ष जनशक्ती उत्पादन गर्न वर्ष भरी तालिमको आयोजना गर्नु पर्ने संघका नव निर्वाचित अध्यक्ष ई.तेन्जीङ शेर्पाले बताए ।

संघको साधारणसभा तथा अधिवेशनको अवसरमा विभिन्न ९ उद्योग तथा व्यवसायीहरुलाई सम्मान पनि गरिएको उनको बताए । अधिवेशनको अवसरमा सबैभन्दा बढी मूल्यको निर्यात गर्ने तीन जना, वातावरण मैत्री र उत्कृष्ट कार्यस्थल सञ्चालन र दुई दशकभन्दा बढी गलैँचा क्षेत्रमा काम गरेका ३–३ जनालाई सम्मान गरेको छ । व्यवसायीहरुलाई उत्साहित बनाउनका लागि सम्मान गरिएको तृतीय उपाध्यक्ष शेर्पाको भनाइ छ

आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी मूल्य निर्यात गरेबापत सांग्रिला कार्पेट, थर्ड आई इन्टरन्यासनल र प्याराडाइज कार्पेट उद्योगलाई सम्मान गरिएको छ । त्यस्तै वातावरण मैत्री र उत्कृष्ट कार्यस्थ सञ्चालन गरे बापत विपु गलैंचा उद्योग, एन आर कार्पेट, आशिष कार्पेट उद्योगलाई सम्मान गरिएको संघका नवनिर्वाचित तृतीय उपाध्यक्ष दोवा शेर्पाले जानकारी दिए । त्यस्तै दुई दशकभन्दा बढी गलैँला क्षेत्रमा काम गरे बापतको सम्मानबाट लक्ष्मी तामाङ, अर्पण शिवभक्ति, पदम खपाङ्गी मगर सम्मानित भएका छन् ।

उनीहरुलाई जनही १० हजार नगद सहित सम्मानित गरिएको हो । निर्यात गर्न सक्ने सम्भावना भएको क्षेत्रका रुपमा रहेको गलैँचाका लागि सरकारले पनि ध्यान दिनु पर्ने व्यवसायीहरुले बताएका छन् । विदेशी डरल भित्र्याउने उपयुक्त माध्यमका रुपमा गलैँचालाई विकास गर्न सकिने तर्फ राज्यले ध्यान दिनु पर्ने शेर्पाले बताए ।

सर्वसम्मत रुपमा चयन भयो नयाँ कार्यसमित

पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा ई. तेन्जिङ्ग शेपा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा समिक विक्रम शाह चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा देव आनन्द सरावगी, द्धितीय उपाध्यक्षमा हिरा बहादुर लामा र तृतीय उपाध्यक्षमा दावा शेर्पा चयन भएका छन् । संघको महासचिवमा बलराम गुरुङ चयन हुँदा दुई सविचमा दान बहादुर चन्द्र ठकुरी र सुकुमान बोम्जन चयन भएका छन् ।

त्यस्तै कोषध्यक्षमा राधा पन्त र सह कोषध्यक्षमा राजेश कुमार रायमाझी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा छिरिङ्ग लामा, नरहरि थापा, सोनाम लामा, ङिमा जाङ्मो शेर्पा, विवश योन्जन, आशिष लामा, कृष्णमान प्रजापति, भीम बहादुर तामाङ्ग, श्याम श्रेष्ठ र सुरेश लामा चयन भएका छन् ।