Dhulikhel Eco Banner new

मिटरब्याजीको आरोपमा तीन जना पक्राउ

6.08K
shares

काठमाडौं, १७ चैत । प्रहरीले मिटरब्याजीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–२ बस्ने ३६ वर्षीया पुनिता देवी यादव, सोही ठाउँ बस्ने ४० वर्षीय बुदुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहिया बस्ने ३५ वर्षीय श्रवण दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको जानकारी दिए । उनलाई सोही उजुरीको आधारमा पक्राउ गरिएको हो । मिटरब्याजको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।